क्रिकेट खेलाडीलाई एक–एक लाख दिने लुम्विनी प्रदेशको घोषणा

बाँके, ६ चैत, २०७९ ।


आइसीसी विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सहभागी लुम्बिनी प्रदेशका खेलाडीलाई लुम्बिनी प्रदेश सरकारले पुरस्कार दिने भएको छ । लुम्बिनी प्रदेश सरकारको सोमवार बसेको मन्त्रीपरिषद बैठकले विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको र नेपाललाई एक दिवसीय मान्यता कायम राख्न सफल भएका क्रिकेट खेलाडी मध्ये लम्बिनी प्रदेशका खेलाडीलाई जनही एक लाख रुपैँया प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, यू–१९ विश्वकप क्रिकेटमा छनोट हुन सफल भएका खेलाडीलाई जनही ५० हजार रुपैँया प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Previous articleखोप लगाउन छुटेका बालबालिका खोज्दै डुडुवा गाउँपालिका
Next articleप्रेरक प्रसंग : पितामाथिको विश्वास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here