बाँके, ५ चैत ।
खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्ववियू निर्वाचनाम एमाले निकट अनेरास्ववियूको पुरै प्यानल विजयी भएको छ । सभापतिमा अनेरास्ववियूका बिनय यादव विजयी भएका छन् ।
दुई सय २९ जना मतदाता रहेको क्याम्पसमा २ सय २२ मत खसेको थियो । यादवले १ सय १ मत प्राप्त गरे । यसैगरि अनेरास्ववियु क्रान्तिकारीका सरिफ खाँले ६१ मत र नेविसंघका हिमाल पंगालीले ४८ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरि सचिवमा अनेरास्ववियूका प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा विनिता पुनमगर विजयी भएका छन् । सदस्यमा पनि अनेरास्ववियूका सपना थापा क्षेत्री, मोहम्मद उसमान खान र निरुता थापा विजयी भएका छन् ।
समानुपातिक तर्फ अनेरास्ववियुले एक सय ७, नेविसंघले ५७ र अनेरास्ववियु क्रान्तिकारीले ५४ मत पाए ।
यसैवीच, नेपालगन्ज नर्सिङ क्याम्पसमा मिश्रित परिणाम आएको छ । सभापति र कोषाध्यक्ष र एक सदस्य नेपाल विद्यार्थी संघ–अखिल क्रान्तिकारी गठनन्धनले जितेको छ । भने, सचिव र दुई सदस्य एमाले निकट अनेरास्ववियूले जितेको छ ।
सभापतिमा गठबन्धनकी दिपिका सोनी र कोषाध्यक्षमा रेलुसा खत्री विजयी भइन् । सचिवमा अनेरास्ववियूकी देवार्चना अधिकारी विजयी भएको क्याम्पस प्रशासनले जनाएको छ ।
सदस्यमा अनेरास्ववियूकी विनिता बेल्बासे, इशा पौडेल र गठबन्धनकी रश्मी अधिकारी विजयी भइन् ।