बाँके, ५ चैत, २०७९ ।
राप्तीसोनारी गाउँपालिका ६ स्थित जनशिद्धेश्वर बहुमुखी पब्लिक क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघ–अखिल क्रान्तिकारी र नागरिक विद्यार्थी समाज गठबन्धनको पूरै प्यानल विजयी भएको छ ।
निर्वाचनमा गठबन्धनका उम्मेदवार निरा थारु विजयी भएकी छन् । सचिवमा गठबन्धनका गंगाराम थारु र कोषाध्यक्षमा रमेशकुमार थारु विजयी भएका छन् ।
सदस्यमा गठबन्धनकै अनामिका मौर्य, ओमप्रकाश धोवी, कौशल धोवी, विश्राम थारु र विपना घर्तीमगर विजयी भएको क्याम्पस प्रशासनले जनाएको छ ।