शनिबार उपराष्ट्रपतिको मनोनयन : जसपाले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौ, २६ फागुन, २०७९ ।


नवनिर्वाचित राष्ट्रपतिले सपथ लिनुभन्दा पहिलनै उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार। सोमबार राष्ट्रपतिको सपथ तय हुँदा शनिबार उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम तोकिएको छ  । आइतबार अन्तिम नामावली प्रकाशन गर्ने र ३ चैतको १०–३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ  । उपराष्ट्रपतिको कार्यकाल ५ चैतमा सकिँदै छ  ।

जसपाले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ  । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो  । सत्तारूढ आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति छ  ।
‘नयाँ गठबन्धनमा भएको सहमतिअनुसार हाम्रो उम्मेदवारलाई सबैलाई स्वीकार गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ  । यो समावेशिताका हिसाबले पनि आवश्यक र उपयुक्त छ,’ जसपाका सांसद राजकिशोर यादवले भने । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदै छ  ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएयता उपेन्द्र यादव रामसहायलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत संसद् छिर्ने प्रयासमा छन्  । रासहाय यादव बारा निर्वाचन क्षेत्र २ बाट चुनाव जितेका थिए ।

Previous articleकांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
Next articleस्ववियु निर्वाचन :आज मनोनयन पत्र वितरण, भोली उम्मेदवारी दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here