पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यू

बाँके, २३ फागुन, २०७९ ।


डुडुवा खोलामा पौडी खेल्ने क्रममा कोहलपुर १२ चप्परगौडीका १५ वर्षिय मनसुन बराल र अनिल भट्टराईको खोलामा डुबेर मृत्यू भएको छ । विहान होली खेलेर दिउँसो नुहाउन गएका उनीहरुको कोहलपुर नगरपालिका १३ सिमरीस्थित बन्दाको रहमा डुवेर मृत्यू भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनीहरुको साथमा ११ वर्षका थप तीन जना पनि नुहाउन गए पनि मनसुन र अनिल मात्र बन्दाको रहमा पसेको उनले बताए । मध्यान्न करिव १२ बजे डुवेपछि अनिलका ११ वर्षिय भाई मनिष भट्टराईले आमाबाबुलाई खवर गरेका थिए । परिवारका सदस्य सहित तत्कालै पुगेको प्रहरीले उनीलाई दिउँसो २ बजे रहबाट बाहिर निकालेको थियो ।
उपचारका लागि कोहपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याउने क्रममा दुवै बालकको मृत्यू भएको डिएसपी तिवारीले बताए ।
एकसाथ दुई वालकको मृत्यू भएपछि कोहलपुर नगरपालिका शोकमा डुवेको मेयर पूर्णप्रसाद आचार्यले बताएका छन् । उनले होलीको रमाइलो क्षणमा कोहलपुरले ठूलो क्षति ब्यहोर्न परेका बताउँदै स्तब्ध भएको जनाए ।

Previous article‘ला टोमाटिनो फेस्टिभल’ सँगै कोहलपुरमा पहिलो पटक गोलभेडाको रंगले होली (फोटोहरु)
Next articleकांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here