काठमाडौं, २२ फागुन, २०७९ ।
सोमबार दिउँसो देसका तीनवटा प्रदेसमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेसका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देसका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
सोमबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।