शान्तिनगर गाउँपालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि हातपात प्रयास

दाङ, २० फागुन, २०७९ ।

शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल ओलीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई हातपात प्रयास गरेको आरोप लागेको छ । १९ फागुन विहान करिव ११:३० बजेतिर वडाध्यक्ष ओलीले पालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि हातपातको प्रयास गरेको आरोप लागेको छ । ‘अध्यक्ष जीको कार्यकक्षमा बसिरहेका थियौँ,’ प्रमुख प्रशासकीय अधिकृत खड््काले भने, डाध्यक्ष आएर हातपात गर्न खोज्नु भयो ।’
शान्तिनगर गाउँपालिका वडा नं. २ र ५ को सिमानामा पर्ने बौलाह खोलाको विष्णुपुर घाटमा भइरहेको उत्खननका विषयमा विवाद सिर्जना भएपछि हातपातको अबस्था सिर्जना भएको बताइएको छ । वडाध्यक्ष ओलीले अध्यक्षको कोठामा रहेको टेबल उठाएर हिर्काउन खोजेको अधिकृत खड्काले आरोप लगाए । उनले सोही क्षेत्रमा कार्यपालिका बैठकले उत्खनन् गर्ने अनुमति दिएको छ । कार्यपालिकाको २१ पुसमा भएको निर्णय अनुसार सोही क्षेत्रमा उत्खननको जिम्मा दंगीशरण ३ स्थित सनलाईट निर्माणले पाएको छ । सनलाइटले करिव एक हजार ६ सय घनमिटर उत्खनन् गरिसकेको प्रशासकीय अधिकृत खड्काले बताए । तर, तोकिएको क्षेत्र भन्दा बाहिर उत्खनन् भएकाले त्यसमा आफूले ध्यानाकर्षण गराएको वडाध्यक्ष ओलीले बताए । ‘तोकिएको स्थान भन्दा बाहिर उत्खनन् गर्न दिन भएन भनेर मैले ध्यानाकर्षण गराएको हुँ,’ उनले भने, ‘म जाँदा अध्यक्ष जीको कार्यकक्षमा दुई जना हुनुहुन्थ्यो, मैले ध्यानकर्षण गराउँदा उहाँहरु म माथि खनिएपछि सामान्य विवाद भएको हो ।’
यसअघि पनि वडाअध्यक्ष ओलीले आफूमाथि हातपात प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत खड्काले आरोप लगाए । गत असोजमा करार कर्मचारी नियुक्तीका विषयमा पनि वडाध्यक्ष ओलीले आफूमाथि हातपात गर्न खोजेको खड्काले बताए ।
पालिका अध्यक्ष बस्नेतले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिइसकेको बताए ।

Previous articleदोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो प्रतियोगिता डुडुवामा शुरु
Next articleराष्ट्रिय युवा संघ बाँकेको ९ औं अधिबेशन शुरु : सर्वसम्मत नेतृत्व चयन प्रयास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here