राष्ट्रिय युवा संघ बाँकेको ९ औं अधिबेशन शुरु : सर्वसम्मत नेतृत्व चयन प्रयास

बाँके, २० फागुन, २०७९।


एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको ९ औं अधिबेशन नेपालगन्जमा शुरु भएको छ । अधिवेशन उद्घाटन गर्दै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले देसमा जारी राजनीतिक अस्थिरतालाई चिर्न यूवाको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले यूवाकै कारण ठूला–ठूला राजनीतिक परिवर्तन भएको बताउँदै देसको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न यूवालाई निर्देशन दिए । ‘देस परिवर्तनको जिम्मा यूवाको काँधमा आएको छ । देसमा अस्थिरता चाहने शक्तिका विरुद्ध उठ्नुपर्ने बेला भएको छ,’ उनले भने ।
कार्यक्रममा राष्ट्रिय यूवा संघका केन्द्रीय सदस्य किरण पौडेलले विदेशीको इशारामा चल्ने राजनीतिकहरु एमालेका विरुद्ध लागेको बताए । ‘एमालेले राम्रो काम गर्यो । जनताको प्रिय बन्यो । राष्ट्र र राष्ट्रियताको पक्षमा उभियो । यो पार्टीलाई कमजोर नबनाए नेपालमा चलखेल गर्न पाइन्न भन्ने सोँचेर देशी, विदेशीहरु एमालेलाई कमजोर बनाउन लागेका छन्,’ उनले भने, ‘तर कसैले चाहदैमा एमाले कमजोर हुँदैन । एमालेलाई नेपाली जनताको साथ र सहयोग छ ।’


उद्घाटन कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज सांसद सूर्य ढकालले यूवालाई देश विकासमा समर्पित हुन निर्देशन दिए । उनले देशलाई कमजोर बनाउन चलखेल भइरहेको बताउँदै यसलाई यूवाको भूमिका महत्वपूर्ण हुने बताए ।
यूवा संघ बाँके अध्यक्ष ज्ञानेन्द्र ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा यूवा संघ लुम्बिनी प्रदेश संयोजक खेमराज शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए । यूवा संघ सचिव रमेश मिजारले संचालन गरेको कार्यक्रममा यूवा संघका केन्द्रिय सदस्य कुस्माखर बस्यालले स्वागत गरेका थिए ।
अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयार भइरहेको अध्यक्ष ओलीले जानकारी दिए ।

Previous articleशान्तिनगर गाउँपालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि हातपात प्रयास
Next articleराष्ट्रिय युवा संघ बाँकेको अध्यक्षमा पुन: ज्ञानेन्द्र ओली (ज्ञानु) निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here