प्रेस चौतारी नेपाल बङ्गलाचुलीको इन्चार्जमा खनाल

घोराही । प्रेस चौतारी नेपाल बङ्गलाचुलीको इन्चार्जमा मुना खनाल निर्वाचित हुनु भएको छ। प्रेस चौतारी दाङले जिल्लाका १० वटै पालिकामा पालिका स्तरीय विशेष भेला गरिरहेको छ । यही अन्तर्गत शुक्रबार बंगलाचुली र राजपुरमा भेला सम्पन्न भएको छ ।

शनिबार अन्य आठ वटै पालिकामा एकैदिन भेलाको आयोजना गरिएको प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारी बंगलाचुली गाउँकमिटीको शुक्रबार सम्पन्न विशेष भेलाले सुशील परियारको अध्यक्षत्तामा नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्ष मुना खनालको अध्यक्षत्ता एवं प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गाउँ कमिटीलाई पूर्णता दिने जिम्मेवार नव निर्वाचित अध्यक्ष परियारलाई दिएको छ । भेलाले प्रेस चौतारीको जिल्लाको संयोजन गर्न पालिकाको इञ्चार्जकारुपमा प्रेस चौतारी दाङकी सदस्य मुना खनाललाई दिएको छ ।

भेलामा प्रेस चौतारी लुम्बिनी प्रदेश सचिव रञ्जीता शर्मा, प्रदेस सदस्य छबि पुरीलगायतकाले बोल्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष सुशील परियारले पालिकाका आठ वटै वडाका सदस्य र पदाधिकारीहरु पर्ने गरी बढिमा १३ सदस्यिय कार्य समिति चयन गरी एमालेले जारी राखेको ग्रास रुट अभियानमा समेत बंगलाचुली प्रेस चौतारीलाई परिचालन गरिने बताउनुभयो ।

उता राजपुरमा पनि प्रेस चौतारीको भेला सम्पन्न भएको छ । शनिबार घोराही, तुलसीपुर, लमही, राप्ती, गढवा, बबै, दंगीशरण, शान्तिनगरमा चौतारीले विशेष भेला गर्न लागि रहेको छ ।

Previous articleकोहलपुरको ‘भिजन कम्पिटिसन’ : उत्कृष्ट प्रस्तावकलाई एकलाख ५० हजार पुरस्कार
Next articleदोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो प्रतियोगिता डुडुवामा शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here