दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो प्रतियोगिता डुडुवामा शुरु

बाँके, १९ फागुन, २०७९ ।


नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा शुक्रवारदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाको समन्वय तथा जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो ।
सहिद स्मारक माबि कम्दीमा शुरु भएको प्रतियोगिता उद्घाटन गर्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरील खेल प्रतियोगिताले सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गर्ने बताए । खेलले देशलाई बिश्वमै चिनाएको र यसले देशको प्रतिष्ठा बनाउन मद्दत गर्ने भएकाले यस्ता गतिबिधिका लागि पालिकाले सहयोग गर्ने बताए ।
उद्घाटन कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष झङ्कबहादुर थापा, वडा नं. ४ का वडा अध्यक्ष सगिर खाँ, इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख सई बिष्णु शाही, जुडोका संस्थापक नोम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
लुम्बिनी प्रदेशका चार जिल्लाका खेलाडीको सहभागिता रहेको कम्दी जुडो डोजोका अध्यक्ष एवम् प्रशिक्षक पदमबहादुर बुढाथोकीले बताए ।
प्रतियोगितामा महिला पुरुषतर्फ ६–६ बिधामा प्रतिस्पर्धा हुँदैछ । शनिबार समापन हुने प्रतियोगितामा महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी एवम् खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, कपिलबस्तु र बाँकेको खजुरा, नेपालगन्जका एक सय ३० जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Previous articleप्रेस चौतारी नेपाल बङ्गलाचुलीको इन्चार्जमा खनाल
Next articleशान्तिनगर गाउँपालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि हातपात प्रयास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here