निर्मला कुर्मी बेपत्ता प्रकरण : छानविन गर्न अर्को समिति गठन

काठमाडौं, १७ फागुन ।


नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरकी निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि प्रहरीले अर्को समिति गठन गरेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिमा सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, प्रहरी प्रधान कार्यालय, कानून शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोती, सीआईबीका डीएसपी मदनजित महरा र रामकृष्ण पाठक सदस्य छन् ।
यसअघि सीआईबीकै एक जना एसपीको नेतृत्वमा २१ पुसमा छानबिन समिति बनेको थियो भने पहिल्यै सरकारले गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
कुर्मीको पक्षमा पैरवी गर्दै आएकी मानवअधिकारकर्मी रुबी खानको पछिल्लो प्रदर्शनपछि नयाँ समिति गठन भएको हो । खानले घटनामा जोडिएका कांग्रेस नेता पूर्वसभासद् बादशाह कुर्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग राख्दै आएकी थिइन् ।
तर, कुर्मी पक्राउ परेका थिएनन्, बरु योबीचमा उनी नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको उम्मेदवार भएर निर्वाचित भइसकेका छन् । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले समितिलाई पुरानो अनुसन्धानले गरेका तथ्यहरुको सुक्ष्म मूल्यांकन र अनुसन्धान गरेर प्रतिवेदन पेश गर्न भनेका छन् ।

Previous articleनामाकरण भएको खुसियालीमा कोसी प्रदेशमा आज सार्वजनिक बिदा
Next articleराष्ट्रिय परिचयपत्रका लागि तोकियो थप पाँच स्थान, लुम्विनी, कर्णाली र सुदूरपश्चिमवासीले कहाँबाट आवेदन दिने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here