३५ जनाले गरे रक्तदान

बाँके, १४ फागुन, २०७९ ।


अस्पतालमा उपचाररत विरामीलाई रगत अभाव हुन नदिन नेपालगन्ज उपमहानगरपालिका २२ पुरैनीमा रक्तदान गरिएको छ । रगत अभाव हुन नदिन रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २२ नं. वडा कार्यालयको सहयोगमा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको नेपाल रेड्क्रस सोसाइटी पुरैनीका सभापति शिवकुमार बर्माले जानकारी दिए ।
सो अवसरमा वडा नं. २२ का अध्यक्ष अब्दुल गफ्फार हलवाईले वडा कार्यालयले बिरामीका लागि अत्यावश्यक पर्ने रगतको अभाव पूर्ती होस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम गर्न सहयोग गरेको बताए । वडा कार्यालयले रक्तदान जस्तो पबित्र कार्यमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै रक्तदान कार्यक्रममा सहकार्य गर्ने सबै संस्थाहरुलाई धन्यबाद ज्ञापन गरे ।
यसैगरी उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गैर सरकारी संस्था महासँघका केन्द्रीय सदस्य नमस्कार शाहले निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्न सहयोग गर्ने नेपालगन्ज २२ नम्बर वडा कार्यालयको प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का सचिब भोबिन्द्र कडेंलले नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाले वडा कार्यालयको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने र सहकार्य गर्ने सबैलाई धन्यबाद दिए ।

Previous articleबलात्कार आरोप लागेका पल शाह भोली रिहा हुने तयारी
Next articleनेकपा एसका तीनवटा जनसंगठन ‘विवादग्रस्त’को सूचीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here