अग्रजको सम्मान : तुलसीपुर ३ दमारगाउँ स्थित सरस्वती माविमा सरस्वती मन्दिर स्थापना

दाङ, १३ फागुन, २०७९ ।
सरस्वती माध्यमिक विद्यालय तुलसीपुर ३ दमारगाउँँ दाङका संस्थापक सदस्य स्वर्गिय दलबहादुर गुरुङका नाती समेत रहेका विद्यालयका शिक्षक सुरेन्द्रबहादुर गुरुङले आफ्ना दिवंगत हजुर बुवा, हजुर आमा तथा माता पिताको स्मृतिमा विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गरेका छन् । उनले उक्त मन्दिरको शुक्रवार वैदिक बिधि अनुसार पूजाआजा प्राण प्रतिष्ठा समेत गरेका छन् ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तर्णबहादुर खड्काको अध्यक्षता तथा वडाध्यक्ष वीरबहादुर विकको प्रमुख आतिथ्यतामा भएको प्राण प्रतिष्ठा कार्यक्रममा प्रमुख अतिथि र दाता सुरेन्द्रबहादुर गुरुङले रिवन काटेर संयुक्त रुपमा मन्दिरको उद्घाटन गरेका पत्रकार अविसेक डाँगीले जानकारी दिए ।
उद्घाटनसँगै उक्त मन्दिर विद्यालयलाई हस्तान्तरण गरिएको छ । सोही अवसरमा ५ फागुनमा भएको वार्षिकोत्सवमा सम्मान लिन नभ्याएका शिक्षक हेमन्त थापालाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो ।

Previous articleनयाँ राष्ट्रपतिका लागि आज मनोनयन, काँग्रेस उम्मेदवारलाई स्पष्ट बहुमत
Next articleथारु हस्तकला उद्यमी चौधरीलाई ‘उत्कृष्ट महिला उद्यमी सम्मान’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here