प्रदेश सांसद भण्डारीलाल यादवले लिए कृषि मन्त्रीको सपथ

बाँके, ८ फागुन, २०७९ ।


लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादवले सोमवार पद तथा गोपनीयताको सपथ लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए ।
बाँके निर्वाचन क्षेत्र नं. २ (१) बाट यादवलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् । यसअघि २८ माघमा नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ । यादवको नियुक्तिसँगै प्रदेश सरकारमा मन्त्रीको संख्या ११ पुगेको छ । नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० मा झार्ने निर्णय गरेको थियो । लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा २८ माघमा बिस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन ।

Previous articleहिउँदेवाली भित्र्याउँदाको खुसी
Next articleहिरमिनियामा कोल्ड स्टोर निर्माण : एक वर्ष सात महिनामा ४० प्रतिशत काम पूरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here