गोविन्द पाण्डेलाई यस वर्षको लोकसंस्कृति पुरस्कार

बाँके, ७ फागुन, २०७९ ।


कैलाली जनपुस्तकालय धनगढीले जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख समेत रहेका लेखक तथा लोकसाहित्य अनुसन्धाता गोविन्द पाण्डेलाई ०७९ सालको हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार प्रदान गर्ने भएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका गिडीखोलामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगन्जमा बसोवास गर्दै आएका पाण्डेलाई २० फागुनमा हुने पुस्तकालयको वार्षिक उत्सवको अवसरमा पुरस्कार प्रदान गरिने भएको हो । उनी विगत दुई दशकदेखि कर्णाली क्षेत्रको लोकसाहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशनमा सक्रिय छन् ।

उनले वि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोटदेखि दार्चुलासम्मका जिल्लाहरूमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न व्यक्ति तथा संस्थाको गहन अध्ययन अनुसन्धान गरेर ‘देउडाः विगतदेखि वर्तमानसम्म’ नामक पुस्तकसमेत प्रकाशन गरेका छन् ।

पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखन वृत्तिमा कर्णालीको लोकसाहित्यको अध्ययनसमेत गरेका छन् । उक्त कृति हाल प्रकासोन्मुख अवस्थामा रहेको छ । पाण्डे कर्मचारी मिलन केन्द बाँकेको उपाध्यक्षसमेत छन् ।

Previous articleजिफन्ट बाँके अध्यक्षमा कृष्णबहादुर बुढा निर्वाचित
Next articleनागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी कारागारमुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here