नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट

बाँके, ६ फागुन, २०७९ ।


देशभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा गाउँपालिका अन्तरगत नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही ३ फागनुमा सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार उक्त गाउँपालिकाले ७८.५१ अंक ल्याएर पहिलो भएको छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्याङ्कन अङ्क प्रदान गरिएको थियो ।
कार्यसम्पादन मूल्याङ्कनमा नरैनापुरले ७८ दशमलव ५१८६ अङ्क प्राप्त गरेको छ । दोस्रो बनेको प्यूठानको प्यूठान नगरपालिकाले ७७दशमलव २६१४ अङ्क प्राप्त गरेको छ । तेस्रो भएको म्याग्दीको मङ्गला गाउँपालिकाले ७७ दशमलव ०९२६ अङ्क प्राप्त गरेको थियो ।
कार्यसम्पादनमा नरैनापुर गाउँपालिकालाई उत्कृष्ट भएको खबरले हर्षित बनाएको गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए । उनले जनप्रतिनिधि र कर्मचारीको लगनशिलता र इमान्दारिताले नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट भएको बताए ।
उक्त गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुक्खाग्रस्त मानिन्छ । मुस्लिम र हिन्दू बाहुल्यता भएको सो गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार पनि विद्यमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

Previous articleलगातार २ खेल जितेको नेपाल आज नामिबियासँग खेल्दै
Next article२९४ महिलाको पाठेघर जाँच गर्दा २१ जनामा प्रारम्भिक चरणको क्यान्सर, आशंका गरिएका २१ को रिपोर्ट आउन बाँकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here