जिफन्ट बाँके अध्यक्षमा कृष्णबहादुर बुढा निर्वाचित

बाँके, ६ फागुन, २०७९ ।


नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँकेको अध्यक्षमा कृष्णबहादुर बुढा क्षेत्री निर्वाचित भएका छन् । नेपालगन्जमा शनिवार भएको जिल्ला अधिबेशनले बुढालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले सचिवमा विकास पाठकलाई चयन गरेको जिफन्ट लुम्विनी प्रदेश सदस्य तथा बाँके इन्चार्ज सुमन गिरी श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार मुस्लिम खान, दुर्गा केसी, कमला पाण्डेय, गंगा रोकाय, विनोद मल्ल लगायत निर्वाचित भएका छन् ।
जिफन्ट राष्ट्रिय उपाध्क्षय कमल गौतको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा संघीय सांसद दिपा शर्मा, वरिष्ठ युनियनकर्मी संजालका केशव गिरी, पूर्ण केसी, अनिता थापा, मन्जु कँडेल लगायतको सहभागिता रहेको थियो ।

Previous article२९४ महिलाको पाठेघर जाँच गर्दा २१ जनामा प्रारम्भिक चरणको क्यान्सर, आशंका गरिएका २१ को रिपोर्ट आउन बाँकी
Next articleगोविन्द पाण्डेलाई यस वर्षको लोकसंस्कृति पुरस्कार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here