निर्धनको समुहमा आवद्ध महिलाको निःशुल्क स्वास्थ्य परीक्षण (फोटोसहित)

बाँके, ५ फागुन, २०७९ ।


निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि. ले आफ्नो समुहमा आवद्ध महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । कोहलपुर नगरपालिका झण्डह्वास्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य परीक्षणमा पहिलो दिन डेढ सय महिलाको निशुल्क स्वास्थ्य परीक्षण भएको सञ्जिवनी कार्यक्रमका जिताराम गौतमले जानकारी दिए ।
स्वास्थ्य परीक्षण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले स्वस्थ जिवनले मात्र उद्यम सम्भव हुने भएकोले संस्थाको समुहमा आवद्ध महिलाको स्वास्थ्य परीक्षण गर्न शिविर राखिएको बताए । ‘स्वस्थ भएमात्र उद्यमी महिलाले राम्रोसँग उद्यम संचालन गर्न सक्नु हुन्छ । मध्यम आय भएका महिलाको स्वास्थ्य विग्रिए उद्यम तहस नहस हुन्छ,’ उनले भने, ‘महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरेका हौँ ।’
उनले कर्जाको दुरुपयोग भए खराव स्थिति निम्तिने बताउँदै गरिवी निवारण गर्न सीपलाई उत्पादनसँग जोड्नु पर्ने बताए । ‘प्रविधि र सीपलाई उत्पादनसँग जोड्दा गरिवी हट्छ,’ उनले भने ।

Previous articleमहिला पत्रकारको वर्तमान अवस्था , चुनौती र सम्भावना
Next articleराष्ट्रपतिबाट सांसद चौधरीसहित १४ जनाको सजाय माफी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here