कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त नौ महिनापछि पक्राउ

बाँके, २ फागुन, २०७९ ।


कर्तब्य ज्यान मुद्दामा करिव ९ महिनादेखि फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ । कुटपिटबाट घाइते नरैनापुर गाउँपालिका ५ मटेहियाका रामपाल यादवको मृत्यू घटनामा संलग्न रहेको आरोप लागेका सोही ठाउँका २३ वर्षीय लालमणि यादवलाई १ फागुनमा नेपाल–भारत सीमानाकाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर सुनारले पक्राउ जानकारी दिए ।
सीमा क्षेत्र नरैनापुर गाउँपालिका ५ हुलासपुर्वामा लुकिछिपी बसिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको सुनारले बताए । गाईवस्तु चराउने काम गर्दै आएका मृतक रामपाललाई मुन्सीप्रसाद यादव, गोब्रे राँढ, लालमणि यादव, राजकुमार धोबी र शिवराज धोबीले कुटपिट गरि घाइते बनाएको आरोप छ । यादवको ३ जेठ, २०७९ मा उपचारको क्रममा मृत्यू भएको थियो ।
फरार रहेका अन्य अभियुक्तको खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले बताए । उनले भने, ‘भारतमा लुकिछिपी बसेको सूचना छ । भारतीय प्रहरीको सहयोगमा पक्राउ गरि नेपाल ल्याउने योजनामा छौँ ।’
छोरालाई रुखमा बाँधेर कुटपिट गरि हत्या गरेको रामपालकी आमा मुन्नी यादवले दायर गरेको जाहेरीमा उल्लेख छ ।

Previous articleफोहरमा पनि फल्छ सुन !
Next articleनिर्मला कुर्मी हत्या प्रकरण : विशेष समितिले अनुसन्धान गर्ने सहमतिपछि ४८ दिनदेखिको आन्दोलन स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here