राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौदी निर्वाचित

दाङ, २५ माघ, २०७९ ।


राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कुमार दसौदी विजयी भएका छन् । खसेको कुल मतको मतभार सात हजार नौ सयमध्ये चार हजार २६ मत प्राप्त गरी दसौदी राष्ट्रिय सभा सदस्यमा विजयी भएको हुन् । दसौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी जम्मा चार हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका थिए। नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले एक सय ९२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
प्रदेश सभातर्फ एक सय ४४ मतभार बदर भएको थियो । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख–उपप्रमुख दुई सय १७ जनाले मतदान गरेका थिए ।
प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख गरी तीन सय पाँचजना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी भइनन् ।
सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।

Previous articleथारूसहितका क्लस्टर समेटेर ९ महिनाभित्र निजामती सेवा ऐन जारी गर्न सर्वोच्चको परमादेश
Next articleलुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा दधिराम, एमालेले छान्यो प्रमुख सचेतक र सचेतक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here