चौतारी स्थापना दिवसमा पत्रकार महिला-शिक्षिका वीच फुट प्रतियोगिता, भोली पुरस्कार वितरण हुने

बाँके, २१ माघ, २०७९ ।


प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा नेपालगन्जमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । पत्रकार महिला र शिक्षिका वीच भएको फुटसल प्रतियोगितामा पत्रकार महिलाको टीम १–० गोलले विजयी भएको प्रेस चौतारी बाँके सचिव कमल डाँगीले जानकारी दिए ।
पत्रकार महिला र शिक्षिका वीच सम्बन्ध सुधार गर्न प्रतियोगिता आयोजना गरिएको उनले बताए । कडा प्रतिस्पर्धाका वीच पत्रकार महिलाको टीमले एक गोग गरेको थियो ।
यसैवीच, चौतारी बाँकेले आइतवार कम्दीस्थित नानापुर पार्कमा बनभोज र पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ । चौतारीले प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार र रेशम विरही सिर्जनशिल पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
पुरस्कार छनोट गर्न पूर्णलाल चुकेको संयोजकत्वमा महानन्द ढकाल र गंगा न्यौपाने सदस्य रहेको समिति गठन गरेको छ ।

Previous articleसातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन फत्तेपुरमा सुरु (फोटो र भिडियोसहित)
Next articleसवारी दुर्घटना न्यूनिकरण गर्न स्लो बाइक प्रतियोगिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here