सांसद चौधरीलाई नेपालगन्जबाट काठमाडौँ लगियो

बाँके, १९ माघ, २०७९ ।


बाँके प्रहरीले पक्राउ गरेको कैलाली निर्वाचन क्षेत्र नं. २ का सांसद अरुणकुमार चौधरीलाई काठ्माडौँ पठाएको छ । उनलाई विहीवार बेलुकी ५ः५० बजे श्री एयर लायन्सको जहाजबाट काठमाडौँ पठाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले बताए ।
स्थलमार्गबाट धनगढी लैजाने क्रममा नागरिक उन्मुक्ति पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले अवरोध गर्ने आशंकामा प्रहरीले उनलाई विमानबाट काठमाडौँ लगेको हो । सांसद चौधरीलाई शुक्रवार हवाईमार्गबाट धनगढी लैजाने योजना प्रहरीले बनाएको छ । ‘स्थलमार्गबाट कैलाली लैजाने क्रममा बीच बाटोमा अप्रिय घटना हुनसक्ने आशंकामा हवाईमार्गबाट धनगढी लैजाने योजना अनुसार काठमाडौँ लगिएको हो,’ एसपी राठौरले भने ।
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं. २ बाट सांसदमा विजयी चौधरीलाई बाँके प्रहरीले बैजनाथ गाउँपालिका १, चिसापानीबाट पक्राउ गरेको थियो । प्रहरीले खोजी गरिरहेको सूचना पाएपछि उनी बाँकेमा आएर लुकेका थिए ।
गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए ।

जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएका उनी फरार सूचीमा थिए । अदालतले आगजनी मुद्दामा करिब १० वर्षअघि नै चौधरीसहित तीनजनालाई जनही ६ महिना कैद हुने फैसला गरेको थियो ।

Previous articleरवि लामिछानेको न्यायका लागि कार्कीले गरे आत्मदाह प्रयास
Next articleदैनिक तीन सय तिरेर कारागार बाहिर बस्न सक्छन् पक्राउ परेका सांसद चौधरी (हेर्नुस अदालतको पूर्णपाठ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here