रवि लामिछानेको न्यायका लागि कार्कीले गरे आत्मदाह प्रयास

बाँके, १९ माघ, २०७९ ।


जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि एक जनाले आत्मदाह प्रयास गरेका छन् । निवर्तमान उपप्रधान तथा गृहमन्त्री ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सवारी चालक गोकर्ण कार्कीले शरिरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन् ।
कोहलपुर नगरपालिका १० घर भएका ४० वर्षीय कार्कीले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको जुम्ला प्रहरीले जनाएको छ । उनी विगत १५ वर्षदेखि अस्पतालमा कार्यरत छन् । ‘भ्रष्टाचारले ब्याप्त देसमा बाच्नुको अर्थ छैन । रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाँच्नु बेकार छ,’ आत्मदाह गर्ने क्रममा उनले भनेको प्रहरीले जनाएको छ ।

Previous articleकैलालीबाट निर्वाचित सांसद अरुणकुमार चौधरी कोहलपुरबाट पक्राउ
Next articleसांसद चौधरीलाई नेपालगन्जबाट काठमाडौँ लगियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here