कैलालीबाट निर्वाचित सांसद अरुणकुमार चौधरी कोहलपुरबाट पक्राउ

बाँके, १९ माघ, २०७९ ।


बाँके प्रहरीले कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई कोहलपुरबाट पक्राउ गरेको छ । उनी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं. २ बाट सांसदमा विजयी भएका हुन् ।
जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएका उनी फरार सूचीमा थिए ।
बैजनाथ गाउँपालिका १ चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
४ मंसिरमा सम्पन्न निर्वाचनमा उनले २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए । उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए । रावलले १६ हजार १२८ मत पाएका थिए भने बडुवालले १५ हजार ११६ मत पाएका थिए ।
यसअघि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले अघिल्लो स्थानीय तह निर्वाचनमा लम्की चुहाबाट पराजित भएका थिए । त्यस लगत्तै सम्पन्न प्रदेशसभा निर्वाचनमा पनि उनी पराजित भएका थिए ।

Previous articleस्थापना दिवसमा ६ जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै प्रेस चौतारी
Next articleरवि लामिछानेको न्यायका लागि कार्कीले गरे आत्मदाह प्रयास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here