रात्री आधारभूत विद्यालय ब्यवस्थापन समिति अध्यक्षमा मणिराम चौधरी निर्वाचित

अविसेक डाँगी

दाङ, १८ माघ, २०७९ ।


दंगीशरण गाउँपालिका ४ बैबाङ स्थित श्री रात्री आधारभूत विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मणिराम चौधरी निर्वाचित भएका छन् । मंगलवार भएको अभिभावक भेलाले चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।
भेलाले महिला सदस्यमा रेखा चौधरी, विपता चौधरी र जुगन चौधरीलाई चयन गरेको छ । त्यसैगरि, हरिराम चौधरी र खड्कबहादुर चौधरी सदस्यमा चयन भएका शिक्षक प्रतिनिधि सदस्य ध्रुवप्रकाश गिरीले जानकारी दिए । भेलाले वडा अध्यक्ष कमल चौधरीलाई पदेन सदस्य र दुर्गाप्रसाद न्यौपानेलाई सदस्य सचिवमा चयन गरेको छ ।
सोही दिन भएको शिक्षक–अभिभावक भेलाले शिक्षक–अभिभावक संघको अध्यक्षमा केदार चौधरीलाई चयन गरेको छ । ९ सदस्यीय कार्यसमितिको सदस्यमा प्रशुनारायण चौधरी, तुलसी चौधरी, अनिता चौधरी, रिसु चौधरी, बाबुराम चौधरी र हरिनारायण चौधरी चयन भएका छन् । भेलाले शिक्षक प्रतिनिधिमा दामोदर लामिछाने र सदस्य सचिवमा दुर्गाप्रसाद न्यौपाने चयन भएका छन् ।

Previous articleअत्यधिक चहलपहल हुने नेपालगन्जका सात स्थान ‘फ्री वाईफाई जोन’
Next articleस्थापना दिवसमा ६ जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै प्रेस चौतारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here