रवि लामिछानेले लिए नागरिकता

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका हुन्।

सर्वोच्च अदालतको अदालतको संवैधानिक इजलासमार्फत् नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहरिएका लामिछाने नागरिकता पुनः प्राप्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए।

सर्वोच्च अदालतले गत शुक्रबार नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको ठहर्‍याएपछि लामिछानेको सांसद पद खारेज भएको थियो। अदालतको फैसलापछि उनले गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट राजीनामा दिएका थिए।

उनले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको सर्वोच्चले ठहर गरेको थियो।

सर्वोच्च अदालतको आदेश बमोजिम आज जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको हो।

Previous articleफेरि गृहमन्त्री नियुक्त होलान् रवि ?
Next articleनेपालगन्जका दिवश शाहले गरे जिवन रक्षाको याचना : पुनर्जन्म पाए गुण तिर्ने छु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here