राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने पक्षमा कांग्रेस : प्रवक्ता डा. महत

बाँके, १२ माघ, २०७९ ।


नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने पक्षमा नेपाली कांग्रेस रहेको बताएका छन् । राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताउँदै उनले सभामुख चयनमा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सहमति तोडेको बताए ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार आयोजना गरेको पत्रकार भेट्घाटमा डा. महतले सरकारमा जान कांग्रेसले विश्वासको मत दिएको नभई सभामुख, राष्ट्रपति लगायत निर्वाचनमा राष्ट्रिय सहमति खोज्न कांग्रेसले सरकारलाई समर्थन गरेको धारणा राखे । ‘गुण र दोषका आधारमा हामीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ, सरकारलाई समर्थन गरे पनि कांग्रेस सरकारमा जान्न,’ उनले भने ।
प्रधानमन्त्री दाहालले संविधान रक्षाका लागि उभिने वचन दिएपछि सरकारको पक्षमा उभिएको डा. महतको भनाई थियो । ‘प्रधानमन्त्रीको प्रतिवद्धता परीक्षण गर्न कांग्रेसले सरकारलाई समर्थन गरेको हो,’ उनले भने ।
उनले वर्तमान राष्ट्रपतिले संविधानभन्दा कुनै विशेष दलको इशारामा काम गरेको आरोप लगाउँदै डा. महतले राष्ट्र, राष्ट्रियता र संविधान रक्षाका लागि नेपाली कांग्रेसले राष्ट्रपतिमा दावी गरेको स्पष्ट पारे । ‘राष्ट्रियता र संविधान रक्षाका लागि कांग्रेसले लडाइँ गरेको इतिहास छ । त्यसैले दावी गर्नु स्वभाविक हो,’ उनले भने, ‘संविधान रक्षाका लागि माओवादी लगायतका दलले कांग्रेसलाई सहयोग गर्ने आशा छ,’ उनले भने ।
सहि मूल्यांकन गर्न नसक्दा कांग्रेस सहितको गठबन्धन भत्किएको बताए । सवैभन्दा ठूला दल भएकोले कांग्रेसले दावी गर्नु स्वभाविक थियो, तर दावी गर्दा निस्कने परिणामको सहि मूल्यांकन गर्न सकेनौँ । हाम्रो पक्षबाट केहि कमजोरी भएको मान्नु पर्छ,’ डा. महतले भने ।

Previous articleअनेरास्ववियू दाङको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित
Next articleबालविवाह रोक्न यूवतीलाई ग्याँस सिलिण्डर उपहार कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here