अनेरास्ववियू दाङको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

दाङ, १२ माघ, २०७९ ।


नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन दाङको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित भएका छन् । यूनियनका २३ औं अधिवेशनले बस्नेतको ५१ सदस्यीय कमिटी चयन गरेको छ । उनी यसअघि सचिव थिए ।

सर्वसम्मत रुपमा चयन भएको कमिटीको उपाध्यक्षमा गणेश खड्का र वसन्तप्रसाद भण्डारी, सचिवमा लक्ष्मण गिरी, सह–सचिवमा राजन घर्ती, मन्जु देवकोटा र सुशन्धोज पौडेल चयन भएको अनेरास्ववियू दाङले जनाएको छ । कोषाध्यक्षमा कपिल बुढाथोकी चयन भएको नवनिर्वाचित अध्यक्ष बस्नेतले जानकारी दिए ।

Previous articleप्रेमप्रसादको आत्मदाह : आज विहीवार नेपालगन्जका पसल बन्द
Next articleराष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने पक्षमा कांग्रेस : प्रवक्ता डा. महत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here