थारु सांस्कृतिक संरक्षण केन्द्र चखौराको अध्यक्षमा राजेश चौधरी निर्वाचित

दाङ, १० माघ, २०७९ ।


दंगीशरण गाउँपालिका ३ चखौरास्थित थारु सांस्कृतिक संरक्षण केन्द्रको नयाँ कार्यसमिति गठन भएको छ । केन्द्रको चौथो वार्षिक साधारण सभा तथा प्रथम महाधिबेशनले राजेश चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
महाधिवेशनले शान्ता चौधरीलाई उपाध्यक्ष, सन्तोष चौधरीलाई सचि, आशा चौधरीलाई सहसचिव र कोषाध्यक्षमा रणबहादुर चौधरीलाई चयन गरेको सदस्य महावीर चौधरीले जानकारी दिए ।
महेन्द्र चौधरी, महावीर चौधरी, कृष्ण चौधरी, ज्ञानी चौधरी, रेखा चौधरी, रामकली चौधरी, हेमन्तराज चौधरी र रिता चौधरी सदस्य निर्वाचित भएका छन् । केन्द्रले थारु समुदायको मौलिक परम्परा तथा सांस्कृतिक धरोहरको संरक्षण एवम् समबद्र्धनको काम गर्दै आएको छ ।

Previous articleकम्बल पाएपछि जेष्ठ नागरिकले दिए कार्यवहाक वडा अध्यक्ष विकलाई आशिर्वाद (फोटो फिचर)
Next articleखोप नलगाएका बालबालिकामा दादुरा संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here