कम्बल पाएपछि जेष्ठ नागरिकले दिए कार्यवहाक वडा अध्यक्ष विकलाई आशिर्वाद (फोटो फिचर)

बाँके, १० माघ, २०७९ ।


बढैयाताल गाउँपालिका वडा नं. ३ ले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन ३ नं. वडा कार्यालयले ७८ वर्षमाथिका ८० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो ।
चिसोबाट जोगाउन कम्बलले सहयोगी भूमिका खेल्ने भन्दै जेष्ठ नागरिकले खुसी ब्यक्त गरेका थिए । ‘चिसो त कम भएको छ, तर पनि यसले हामी जस्ता जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन कम्बलले महत्वपूर्ण भूमिका खेल्ने छ,’ एक जेष्ठ नागरिकले भने ।
वडा नं. ३ की कार्यवहाक वडा अध्यक्ष चन्द्रकला विकको अध्यक्षतामा भएको कम्बल वितरण कार्यक्रममा वडा सदस्य दुसानी थारु, रुद्र पौडेल, कृष्ण लम्साल, निवर्तमान वडा अध्यक्ष दुर्गाप्रसाद पराजुली, जेष्ठ नागरिक समाज बढैयातालका संयोजक गंगाधर पराजुली, सचिव हरिबहादुर घर्ती लगायतको सहभागिता रहेको थियो ।


कम्बल पाएका जेष्ठ नागरिकले कार्यवहाक वडा अध्यक्ष विकको शिरमा हात राखेर अझ धेरै प्रगतिको आशिर्वाद दिएका थिए । विभिन्न संघसंस्था र ब्यक्तिको सहयोगमा वडा अध्यक्ष विकले यसअघि पनि वडामा रहेका गरिव, असहाय, सुत्केरी, जेष्ठ नागरिकलाई सिरक प्रदान गरेकी थिइन् । उनले क्रिष्मश डे का अवसरमा गरिव तथा असहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेकी थिइन् ।

तस्विर : केवी विक

तस्विर : केवी विक

तस्विर : केवी विक

तस्विर : केवी विक

Previous articleबबरमहलबाट पक्राउ परिन रुवी खान
Next articleथारु सांस्कृतिक संरक्षण केन्द्र चखौराको अध्यक्षमा राजेश चौधरी निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here