बाँके, ७ माघ, २०७९ ।
बाँकेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा विपिन आचार्य आउने भएका छन् । सल्यानका प्रमुख जिल्ला अधिकारी आचार्यको बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको हो ।
गृह मन्त्रालयले उनीसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत हेरफेर गरेको छ । यस्तै ७० जना सहसचिव र उपसचिवको सरुवा भएको छ ।
मन्त्रालयले बिहीबार मात्रै पहिलोपटक सिडिओ सरुवालाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको थियो। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ जारी गरेका थियो ।