जिल्ला स्तरिय अन्तर विद्यालय छात्र छात्रा फुटसल सुरु

लक्ष्मण बस्नेत,

दाङ । दाङ जिल्ला अन्तर विद्यालयस्तरिय छात्र छात्रा फुटसल प्रतियोगिता २०७९ आजदेखि तुलसीपुरमा सुरु भएको छ । नेशनल प्याब्सन तुलसीपुर नगरको आयोजमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकराम खड्काले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी खड्काले सिङ्गो खेलकुद क्षेत्र राष्ट्रको सान र गौरव भएको बताए । स्वस्थ जिवनशैलिका लागि खेलकुद आजको आवश्यकता हो भने अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय झन्डा फहराउदै राष्ट्रिय पहिचान कायम गर्ने एक मात्र दरिलो माध्यम खेलकुद नै भएको उनले बताए ।

साथै यसको उच्च आदर्शलाई सबैले आत्मसाथ गर्नसके खेलकुदको बिकासले उचाई लिने उनले बताए । नेशनल प्याब्सन तुलसीपुर नगर कमिटीका उपाध्यक्ष सुमन केसीको स्वागत रहेको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोधकुमार डागी, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरे । नेशनल प्याब्सन तुलसीपुर नगरका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न कला, संस्कृती झल्कने तृत्य प्रस्तुत गरिएको थियो ।

सो अबसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्ल, नेशनल प्याब्सनका केन्द्रिय सदस्य प्रकाश शर्मा, जिल्ला अध्यक्ष बिमल गौतम, जिल्ला सचिब ठाकुर प्रसाद डाँगी, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेकबहादुर बिक, रिपोर्टस नेपाल दाङका अध्यक्ष शरद रेग्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन तुलसीपुर नगर सचिव मेघराज पोख्रेलले गरेका थिए ।

यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न पहिलो चरणको खेलमा छात्र तर्फको खेलमा ज्ञान ज्योती तुलसीपुर, मिडवयस्ट प्वाइन्ट एकेडेमी खैरेनी, शिखा बोर्डिङ स्कुल तुलसीपुर, लक्ष्य एकेडेमी तुलसीपुर, बाल सहारा तुलसीपुरले बिजयी यात्रा सुरु गरेका छन । प्रतियोगिता माघ ८ गते सम्म चल्नेछ ।

Previous articleविपिन आचार्य बाँकेको सिडिओ
Next articleमहतोले खिचेको तस्बिर नेपाली सेनाबाट पुरस्कृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here