कम्बोडियाबाट बिर्तामोड ल्याइयो निराकार पाण्डेको शव

झापाकम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव शनिबार झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा १४ पुस राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।


शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उनको शव शनिबार विर्तामोडस्थित निवासमा ल्याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया जाँदा घटनामा परेका थिए । उनको शव निवासमा ल्याइने खबर थाहा पाएर बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो ।


मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ ।  घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए । उनको शनिबार नै कनकाइ माईमा अन्त्येष्टि गरिएको छ ।

Previous articleमहतोले खिचेको तस्बिर नेपाली सेनाबाट पुरस्कृत
Next articleओली प्रति मेटमणिको कटाक्ष : ‘संविधानको व्यवस्था पढाउने कोचिङ कक्षा चलाउन मेरो तलब काटियोस्’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here