ओली प्रति मेटमणिको कटाक्ष : ‘संविधानको व्यवस्था पढाउने कोचिङ कक्षा चलाउन मेरो तलब काटियोस्’

काठमाडौँ –नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै लागेको आरोप लगाएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका हुन् ।


सिस्टम मिलाएर अर्बौं भ्रष्टाचार भइरहेको, आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेको भन्दै सांसद चौधरीले प्रधानमन्त्री भइसकेकाहरुले नै आफ्नो गलत कामलाई जनादेश अनुसार भन्दै व्याख्या भइरहेको पनि बताए ।


चौधरीले प्रतिनिधिसभा सदस्यहरूलाई संविधानको कोचिङ कक्षा आवश्यक भएको बताए । चौधरीले कोचिङ कक्षाको व्यवस्थापनका लागि बजेट नछुट्टिएको भए आफ्नै भत्ताबाट भएपनि गर्न तयार रहेको बताए ।


‘संवैधानिक सर्वोच्चता, आवधिक राज्यको कुरा गरिरहेका छौ । आफ्नो कानुन आफूलाई मन लागेको समय र दिनमा राष्ट्रपतिसँग सेटिङ डिक्लिएर गर्ने काम हामीले गरिरहेका छौं,’ चौधरीले भने, ‘यसलाई ताजा जनादेशको रुपमा डिफाइन समेत गरिरहेका छौं । हजारौं पटक झुटको खेती गरिरहेका छौं । यस्ता कुतर्क गर्नेहरुलाई नेपालको संविधान २०४७÷०७२ को राम्रो कोचिङ व्यवस्था गर्नुपर्छ जस्तो मलाई लाग्छ ।’


उनले यस्ता कुतर्क गर्नेहरुलाई कोचिङ कक्षाको आवश्यक्ता रहेको बताएका हुन् । 

Previous articleकम्बोडियाबाट बिर्तामोड ल्याइयो निराकार पाण्डेको शव
Next articleअब राष्ट्रपतिका लागि संसदमा लडाइँ सुरु हुन्छ : चित्रबहादुर केसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here