उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्वाचित

काठमाडौं । म राजनीतिकमा आउँछु भन्ने कल्पना गरेकी थिइन् । र लक्ष्य पनि नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरले प्रतिनिधिसभामा उपसभामुख उम्मेदवार दर्ता गराउँदै बताएकी थिइन् । हुन्पनि उनी राजनीतिकभन्दा फरक क्षेत्रमा काम गदै आएकी महिला हुन् । 


रास्वपाको स्थापना भएदेखि राजनीतिमा सक्रिय उनी अहिले उपसभामुखमा निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी उम्मेदवार मुक्त कुमारी यादवलाई उनले पराजित गरेकी हुन् ।


शनिबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा मगरले १६६ मत ल्याइन भने यादवले ९७ मत ल्याइन् ।


उम्मेदवार बनाउने संसदीय दलको निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिएकी रानामगरले आफूले आशा गरेर उपसभामुखको उम्मेदवार नभएको जानकारी गराइन् । ‘मैले आशा गरेर आएको होइन, यो क्षेत्रमा केही गरौँ भनेर राजनीतिकमा लागेको हुँ ।’ उनले भनिन । 


२०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिरा लामो  समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छन् । उनी सामाजिक क्षेत्रमा आवद्ध भएको ३३ वर्ष पुग्यो । उनी बन्दी सहायता नेपाल नामक संस्थाको संस्थापक समेत हुन् । यस क्रममा उनले अभिभावकत्व गुमाएका हजारौँ बालबालिकालाई  सेवा गरिसकेकी छन् । 


आर्थिक अभावपूर्ण बाल्यकाल बिताएकी इन्दिरा ११ वर्षमा एकैचोटि पाँच कक्षामा भर्ना भएकी थिइन् । २०५३ मा स्नातक गरेर समाजसेवामा लागेकी हुन ।


इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन् । उनलाई धेरै सामाजिक कार्यमा ‘जूनकिरी आमा’ भनेर चिनिन्छ । 


काठमाडौंको नयाँबजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापाको खुदुनाबारीस्थित बालगृहमा १० बालबालिकाको लालनपालन गरिरहेकी छन् । साथै झापाको खुदुनाबारीमा ९ जना ’डे केयर’ मा छन् । ती बालबालिकाका लागि उनले जूनकिरी नामका दुई वटा प्राथमिक स्कूल पनि चलाएकी छिन् । साँखुको जूनकिरीमा १२२ र खुदुनाबारीमा १०२ बालबालिकालाई उनले शिक्षा दिदै आएकी छिन् । 


इन्दिरा आफैंले जन्माएकी एक छोरी मात्र भए पनि उनी अहिले साथमा रहेका १३ महीने अर्जुनदेखि बालबच्चा भइसकेका सयौंको ’आमा’ भएर काम गदै आएकी छिन् ।  यी सबैले आमा भनेर बोलाउँदा उनलाई संसार जितेको अनुभूति हुनेगरेको उनले बताइन् । 
सरकारले एक शिक्षक दिएको काठमाडौंको महिला कारागारभित्रको प्राथमिक विद्यालयमा इन्दिराले तीन शिक्षकको व्यवस्था गरेकी छन् । साथै उनले करागारका वयस्क बन्दीहरूलाई पनि सहयोग गदै केही सीप तालिमका लागि सहयोग गदै आएकी छिन् । 


नानीहरूलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाई–बुनाई, कृषि जस्ता आयमूलक काम पनि सिकाउँदै आएको इन्दिराले बताउँदै आएकी छिन् ।  २३ वर्षअघि महिला कारागारमा साक्षरता अभियान चलाएरै यो क्षेत्रमा समाजसेवा शुरु गरेको उनले बताइन् । 


त्यसैगरी म्याग्दी, कास्की, झापा र काठमाडौंका ३८ परिवारका सन्तानलाई ‘छोरी शिक्षा’ कार्यक्रमअन्तर्गत पढाइरहेकी छिन् । यतिबेला ५ सय बालबच्चाको पालनपोषण र शिक्षा–दीक्षाको सम्पूर्ण मेलोमेसो उनै इन्दिराले मिलाइरहेकी छिन् ।


यिनै बालबच्चाको रेखदेख र खर्चपानी जोहो गर्दैमा इन्दिराको दिन बित्छ । यही हार्दिकता, लगाव र समर्पण नै उनको जीवनको लय बनेको छ । ‘१०० विमिन’ अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरुको अवार्डबाट सम्मान गरेको थियो । 

Previous articleअब राष्ट्रपतिका लागि संसदमा लडाइँ सुरु हुन्छ : चित्रबहादुर केसी
Next articleराज्यलाई दैनिक लाखौँ राजस्व दिने छोटी भन्सार कहिले पुनर्स्थापना हुन्छन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here