मार्क्सवादी दृष्टिकाेण अनि प्रमुख बिशेषताहरु

डी.आर भण्डारी,
मार्क्सवादी दृष्टिकाेण अनुसार मानिसकाे अर्थतन्त्रसंग काे सम्बन्धले
बिचार,सम्बन्ध,आस्था प्रणालि संस्कृति आदि जस्ता सबै पक्षहरु आकारीत गर्दछ।ईतिहासकाे कुनै कालखण्डभर सामन्तबादी समाज पुँजीबादी समाजमा रुपान्तरण भएकाे छ,जुन समाज दुई वटा बर्गहरुमा आधारीत रहेकाे हुन्छ।पहिलाे-बुर्जुवा वा पुजीपति बर्ग र दाेस्राे-कामदार बर्ग।यहाँ बुर्जुवा बर्गसंग उत्पादनका साधनहरुकाे स्वामित्व जस्तै:कारखाना,जग्गाजमीन रहेकाे हुन्छ भने कामदार बर्गसंग उसकाे श्रम मात्र रहेकाे हुन्छ र तिनलाई ज्यालामा श्रम गर्न लगाई जिबिकाेपार्जन गराउन बाध्य पारिन्छ।यसकाे आत्पर्य बुर्जुवा वा पुजीपति बर्गले आफ्नाे मुनाफा कायम गर्न कामदार वा श्रमजिबि बर्गलाई प्रयाेग वा परिचालन गर्ने गर्दछन्।

मार्क्सवादी प्रमुख लक्षित पक्ष पुँजीबादि ब्यबस्था हाे जुन सम्पत्तिकाे निजि स्वामित्व मा प्रमुख रुपले आधारीत हुन्छ।सम्पत्तिकाे निजि स्वामित्वले ब्यक्तिलाई मुनाफा आर्जन गर्न प्राेत्साहित गर्दछ।मार्क्सवादी दृष्टिकाेण अनुसार पुँजीबादी ब्यबस्था र यसका प्रक्रियाहरुले समाजमा दुईवटा बर्गहरुबिच उच्च असमानता सिर्जना गराउँदछ।

मार्क्सवादी दृष्टिकाेणका मुख्य बिशेषताहरु:


१)द्वन्द्वात्मक भाैतिकबाद:

मार्क्सवादी दृष्टिकाेण अनुसार याे संसार पदार्थ मा आधारीत छ अथार्त सृष्टिकाे स्वभाव पदार्थबादी छ।तसर्थ बिश्वका विभिन्न स्वरुपहरु गतिशिल पदार्थकाे बिकासका विभिन्न रुपहरु का प्रतीक हुन् र यस्ताे बिकास द्वन्द्वात्मक पद्धतिबाट हुन्छ।।

२)ऐतिहासिक भाैतिकवाद:

मार्क्सवादी दृष्टिकाेण अनुसार ऐतिहासिक विकासका निर्णायक तत्त्व उत्पादन शक्तिहरु हुन् ।आर्थिक निर्धारकवादका अनुसार मानिसले जुनसुकै पनि कार्य गर्दछ भने उसकाे निर्णय आर्थिक वा भाैतिक कार्यहरुद्वारा हुन्छ ।मनुष्य आर्थिक शक्तिहरुकाे दास हाे।।ईतिहासकाे निर्धारण आर्थिक परिस्थितिहरु अनुसार हुने गर्दछ।।


३)अतिरिक्त मुल्यकाे सिद्धान्त:

यस सिद्धान्तमा पुँवादी ब्यबस्थाअन्तर्गत पुँजीहरुले श्रमिकहरुकाे शाेषण गर्ने प्रक्रियाका बारेमा विश्लेषण गरीकाे छ।श्रमिकहरु द्वारा आफ्नाे श्रम बाट जति मुल्यका बस्तुहरुकाे उत्पादन गरिन्छ,त्यसकाे तुलनामा तिनलाई दिईने मजदुरी अत्यन्त कम हुन्छ।यसप्रकार मजदुरद्वारा निर्माण गरिने मूल्य तथा उसलाई वास्तविक रुपबाट प्राप्त हुने मजदुरीकाे अन्तर नै अतिरिक्त मूल्य हाे।।पुँजीपतिहरुकाे अन्तिम उद्धेश्य श्रमिकहरुकाे शाेषण गरेर बढि अतिरिक्त मूल्य प्राप्त गरि पुँजीकाे सञ्चय गर्नु रहेकाे हुन्छ।अतिरिक्त मुल्यकाे सिद्धान्तलाई माक्रसवादी दृष्टिकाेणले पुँजीपतिहरु थप पुँजीवान बन्दै जाने र मजदुर बर्ग झन् गरिब र शाेषणकाे सिकार हुँदै जाने अत्याचारकाे रुपमा हेर्दछ।

४)क्रान्ति:

मार्क्सकाे विचार अनुसार उत्पादन ब्यबस्थामा परिवर्थनका साथ समाजमा नयाँ बर्गहरुकाे उदय हुन्छ।याे नया वर्ग उत्पादन शक्ति र उत्पादन सम्बन्धहरुकाे वाहक हुन्छ तथा यसका हातमा केही राजनैतिक शक्ति पनि हुन्छ।यसले यथास्थिति कायम राख्नुमा नै आफ्नाे भलाई सम्झेकाे हुन्छ।आफ्ना हितहरुकाे पुर्तिका लागि त्यस बर्गले राज्यलाई दमनकाे साधन बनाउँदछ ।त्यसैले कार्ल मार्क्स राज्यलाई प्रत्येक स्थितिमा उत्पीडक मान्दछन् ।ईतिहासकाे यस माेडमा नवीन उत्पादन शक्तिहरु र पुरानाे उत्पादन सम्बन्धहरु तथा तिनका वाहक वर्गहरुबिचकाे सङ्घर्ष अपरीहार्य भईहाल्दछ।यसै वर्ग सङ्घर्ष काे अन्तिम दिशा सामाजिक क्रान्तितर्फ उन्मुख हुन्छ।

५)वर्ग सङ्घर्ष:

वर्ग सङ्घर्ष सिद्धान्त द्वारा मार्क्सवादी दृष्टिकाेणले पुँजीपति तथा सर्वहारा वर्गबिच उत्पन्न हुने सङ्घर्षकाे अन्त क्रान्तिकाे रुपमा हुने अनिबार्य उद्देश्यलाई पनि स्पस्ट गरेकाे छ ,जसद्वारा उत्पादनका साधनहरु तथा राजनैतिक सत्तामा श्रमिक वर्गकाे पुर्ण अधिकार स्थापीत गराउन सकियाेस् ।

Previous articleआठ ग्राम खैरो हिरोइनसहित दाङका महेन्द्र जमुनाह नाकाबाट पक्राउ
Next articleराजापुर नगरपालिकामा मौलाउँदै प्रेम बालविवाह : एक वर्षमा ९७० विवाह मध्ये ४६५ बालविवाह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here