गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव रेग्मीले पाए सफाइ

काठमाडौँ, ६ माघ, २०७९ ।


गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव मनप्रसाद रेग्मीले सफाई पाएका छन् । विशेष अदालतले उनलाई शुक्रवार सफाइ दिएको हो । उनी उपर चार करोड ५४ लाख ३३ हजार रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो ।
शुक्रबारको इजलासले उनका साथै सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी उनकी श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीलाई पनि सफाइ दिएको छ । अख्तियारले ३० असार, २०७७ मा उनी उपर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गराएको थियो।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य यमुना भट्टराईको इजलासले यस्तो आदेश दिएको हो । उनी २०५३ कात्तिकदेखि सरकारी सेवामा प्रवेश गरेका थिए भने २०७६ चैतमा उनी उपर अख्तियारले अनुसन्धान थालेको थियो । उनको वैध आय दुई करोड ७७ लाख ११ हजार रुपैयाँ हुनुपर्नेमा साढे चार करोड रुपैयाँभन्दा बढीको स्रोत खुल्न नसकेको भन्दै बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।
विद्यालय निरीक्षकको पदबाट सरकारी सेवा प्रवेश गरेका रेग्मी २०७१ मंसिरमा बाँसगढी नगरपालिका बर्दियामा शिक्षा, युवा तथा खेलकुद शाखामा उपसचिव पदमा कार्यरत थिए ।

Previous articleराजापुर नगरपालिकामा मौलाउँदै प्रेम बालविवाह : एक वर्षमा ९७० विवाह मध्ये ४६५ बालविवाह
Next articleमाया, प्रेम, भ्रातृत्व र सद्भावका लागि सल्यानी समाजको ‘वनभोज’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here