लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन् ।

आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् ।

नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरी एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार, जसपा, लोसपा र जनमतका तीन/तीन र दुई स्वतन्त्र सासदसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । सत्तापक्षको स्पष्ट बहुमत रहेकाले सहजै विश्वासको मत पाउने देखिन्छ ।

प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन् ।

विश्वासको मत लिएपछि मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ । ११ सदस्यीय मन्त्रिमण्डल बनेको अवस्थामा एमालेले बढीमा पाँच मन्त्रालय पाउने सम्भावना छ ।

Previous articleलुम्विनी प्रदेस प्रहरी प्रमुखमा डिआइजी टेकप्रसाद राईको सरुवा
Next articleआठ ग्राम खैरो हिरोइनसहित दाङका महेन्द्र जमुनाह नाकाबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here