आठ ग्राम खैरो हिरोइनसहित दाङका महेन्द्र जमुनाह नाकाबाट पक्राउ

बाँके, ५ माघ, २०७९ ।


लागूऔषध खैरो हिरोइनसहित दाङका एक यूवा जमुनाह नाकाबाट पक्राउ परेका छन् । भारतको बहराइचबाट ८ ग्राम लागूऔषध खैरो हिरोइन ल्याउँदै गरेका घोराही उपमहानगरपालिका १५ नयाँ बजारका १८ वर्षीय महेन्द्र बुढा मगरलाई आठ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका असई कुलबहादुर विकले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा महेन्द्रले बोकेको खैरो रंगको झोला चेकजाँच गर्दा लागूऔषध फेला परेको उनले बताए । लागूऔषध अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेका उनलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको असई विकले बताए ।
भारतको बहराइचस्थित एक ब्यक्तिसँग १८ हजार भारतीय रुपैँयामा खरिद गरेर ल्याएको पक्राउ परेको महेन्द्रले प्रहरी समक्ष बयान दिएका छन् । उनले १० ग्राम भनेर ल्याएको बताए । ‘भारतीय १८ हजार रुपैँयामा १० ग्राम खैरो हिरोइन भनेर किनेको हुँ,’ उनले भने ।
उनले आफू कारोवारी नभई सेवनकर्ता भएको बयान दिएको प्रहरीले जनाएको छ, तर महेन्द्र सेवनकर्तासँगै ओसार पसारमा संलग्न भएको आशंका गरेको छ । ‘सेवनकर्ता मात्र हो की ओसार पसारमा संलग्न पनि हो भन्ने अनुसन्धानपछि खुल्ने छ,’ असई विकले भने ।

Previous articleलुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै
Next articleमार्क्सवादी दृष्टिकाेण अनि प्रमुख बिशेषताहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here