बाँके, २८ पुस, २०७९ ।
लुम्विनी प्रदेस प्रहरी प्रमुखमा डिआइजी टेकप्रसाद राई आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले उनलाई लुम्विनी प्रदेस प्रमुखमा सरुवा गरेको हो । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक ९डिआइजी० को सरुवा गर्ने क्रममा प्रहरी प्रवक्ता समेत रहेका टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मेवारी दिइएको छ । बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।
यस्तै मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी खटाइएको छ भने कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन्। यस्तै भीमप्रसाद ढकाललाई कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ।
प्रहरी प्रधान कार्यालयका डिआइजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा पठाइएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी अशोक सिंहलाई दिइएको छ।
भने बुद्धिराज गुरुङलाई गण्डकी प्रदेशको जिम्मा दिइएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको नेतृत्व गरेका श्यामलाल ज्ञवालीलाई प्रदेश १ प्रहरी कार्यालय, विराटनगर र विमानस्थलको जिम्मेवारी किरण राणालाई खटाइएको छ। यस्तै विशेष ब्यूरोको जिम्मेवारी सुदीप गिरीले सम्हाल्ने छन्।