२७ पुसदेखि ४ माघसम्म डुडुवामा निःशुल्क आँखा जाँच शिविर संचालन हुने

बाँके, २५ पुस, २०७९ ।


आँखाका विरामीलाई लक्षित गरि डुडुवा गाउँपालिकामा निःशुल्क आँखा शिविर आयोजना हुने भएको छ । २७ पुसदेखि ४ माघसम्म डुडुवाका विभिन्न स्वास्थ्य संस्थामा शिविर निःशुल्क शिविर संचालन हुन लागेको हो ।
नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पतालको आयोजना, तेज कोहली रुइत फाउण्डेशन काठ्माडौँको सहयोग र डुडुवा गाउँपालिकाको समन्वयमा शिविर संचालन हुन लागेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
४० वर्षभन्दा माथिका व्यक्तिलाई लक्षित गरि आयोजना गर्न लागिएको शिविरमा फेला परेका मोतीया विन्दुका विरामीको फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।

Previous articleखजुराका दुई बालकमा पनि दादुरा पुष्टि, नेपालगन्जका १२५८ वालवालिकाले लगाए खोप
Next articleलुम्विनी प्रदेस प्रहरी प्रमुखमा डिआइजी टेकप्रसाद राईको सरुवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here