नेपालगन्जमा दादुरा महामारी : ३१ महिने बालकको मृत्यू, २९ बढि बालबालिकामा दादुरा संक्रमण

बाँके, २१ पुस, २०७९ ।


दादुराका कारण नेपालगन्जका ३१ महिनाका एक बालकको मृत्यू भएको छ । तीव्र गतिमा फैलिएको दादुराका कारण नेपालगन्ज उपमहानगरपालिका ५ का बालकको मृत्यू भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।
उनले दादुराको संक्रमण देखिएका बालबालिका ५–१५ वर्ष मुनीका रहेको बताए । नेपालगन्जका बालबालिकामा एक हप्ता अघि दादुरा संक्रमण देखिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका ४, ५, ७, ८ १०, १५ र २२ नं. वडाका बालबालिका बढि प्रभावित भएको उनको भनाई छ । ‘एकपछि अर्को गरि दादुरा संक्रमित बालबालिका थपिने क्रम जारी छ,’ उनले भने ।
दादुरा संक्रमण भएका अधिकांश बालबालिका दादुरा विरुद्धको खोप नलगाएका रहेको उनले बताए । ‘दादुरा विरुद्ध खोप लगाएका बालबालिकामा पनि संक्रमण देखिएको छ, तर अहिले पुष्टि भएका अधिकांश बालबालिका खोप नलगाएका फेला परेका छन्,’ चन्दले भने ।
स्वास्थ्य शाखा प्रमुख चन्दले उपमहानगरमा रहेका सवै बालबालिकालाई खोप लगाउने तयारी अन्तिम चरणमा पुगेको बताए । उनले खोपको प्रक्रिया अगाडि बढिसकेको स्पष्ट पारे । ‘६ महिनादेखि १५ वर्ष उमेर समूहका सवै बालबालिकालाई दादुरा विरुद्धके खोप दिने तयारी अन्तिम चरणमा पुगेको छ । सकभर २२ पुसबाट खोप अभियान सुरु गर्छौँ,’ उनले भने ।
उनले बालबालिकाको अभिलेख संकलनका लागि महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको बताए । लगत संकलन र खोप अभियान सँगसँगै अगाडी बढेको उनको भनाई छ ।

Previous articleशितलहरले आजित ज्येष्ठ नागरिक न्यानो सिरक पाउँदा खुुुसीले गद्गद (फोटो फिचर)
Next articleचिसोबाट जोगाउन डुडुवामा दाउरा वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here