चिसोबाट जोगाउन डुडुवामा दाउरा वितरण

बाँके, २१ पुस, २०७९ ।


अत्यधिक चिसो बढेपछि आफ्नो नागरिकलाई चिसोबाट जोगाउन डुुडुवा गाउँपालिकाले दाउरा वितरण गर्न थालेको छ । केहि दिनदेखि अत्यधिक चिसोले जनजिवन प्रभावित भएपछि गाउँपालिकाले राहत स्वरुप आगो ताप्नका लागि दाउरा वितरण थालेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
विहीवार पहिलो दिन गाउँपालिकाका विभिन्न कार्यालय तथा सार्वजनिक स्थानमा आगो ताप्ने दाउरा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले बताए । पहिलो दिन वडा नं. १, २, र ४ का विभिन्न सार्वजनिक स्थान, चोक, स्वास्थ चौँकी, वडा कार्यालय लगायत स्थानमा आगो ताप्ने दाउरा वितरण गरिएको उनले बताए ।
शुक्रबार वडा नं. ३, ५ र ६ का विभिन्न स्थानमा दाउरा वितरण गरिने गाउँपालिकाले जनाएको छ । चिसो लम्विदै गए थप दाउरा वितरण गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

Previous articleनेपालगन्जमा दादुरा महामारी : ३१ महिने बालकको मृत्यू, २९ बढि बालबालिकामा दादुरा संक्रमण
Next articleजन्मदिनमा स्वास्थ्य जाँच

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here