सुधार गृहबाट भागेका चार बालक प्यूठानबाट पक्राउ

बाँके, १८ पुस, २०७९ ।

डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चार जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । विभिन्न अभियोगमा पक्राउ परि सजाय भोगीरहेका मध्य चार जना बालक १४ पुसमा बाल सुधार गृहबाट भागेका थिए ।
उनीहरुलाई प्यूठानबाट पक्राउ गरी बाँके ल्याइएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । बाल सुधार गृहमा दुई सय ३२ जना छन् । त्यसमध्ये चार जना फरार भएका थिए ।
फरारमध्य तीन जना जबरजस्ती करणी र एक जना कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका हुन् । अपराध गरेका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिएको छ ।
बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिमा अनुसन्धान विभाग, नेपाल प्रहरी र कारागारका प्रतिनिधी रहेका छन् ।

Previous articleकोभिड महामारीका बेला उल्लेख्य भूमिका निभाएका चार जना सम्मानित
Next articleनरैनापुरका हस्मत अली साइँ : जसले भारतीय तरकारी विस्थापित गर्ने अभियान चलाए (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here