कोभिड महामारीका बेला उल्लेख्य भूमिका निभाएका चार जना सम्मानित

बाँके, १८ पुस, २०७९ ।


जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जिल्लाका स्वास्थ्यकर्मी सहित चार जनालाई सम्मान गरेको छ । कोभिड महामारी रोकथाम, नियन्त्रण र खोप तथा सूचना व्यवस्थापनमा उल्लेख्य भूमिका निभाएका बाँकेका स्वास्थ्यकर्मीसहित चार जनालाई सम्मान गरिएको जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

समितिले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकर, स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ, विपद व्यवस्थापन समितिका सूचना अधिकारी रुपन ज्ञवाली र नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत डिसिएमसीका फोकल पर्सन तेज ओलीलाई सम्मान गरेको खत्रीले बताए । पहिलो र दोस्रो चरणको कोभिड महामारीका बेला श्रेष्ठले डिसिएमसीको फोकल पर्सनको रुपमा काम गरेका थिए । भने, ओलीले गत वर्षदेखि डिसिएमसीको फोकल पर्सनको रुपमा काम गर्दै आएका छन् । ज्ञवालीले कोभिड महामारी तथा अन्य विपदका बेला सूचना व्यवस्थापन गरेका थिए । सोनकरले आइसोलेसन व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेको जनाएको छ ।

Previous articleघटनाको चार घण्टा नवित्दै चार आक्रमणकारी पक्राउ, आज सार्वजनिक
Next articleसुधार गृहबाट भागेका चार बालक प्यूठानबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here