खुँडा प्रहार घटनामा संलग्नलाई कडा कारवाही गर्न तरुण दलको माग, घाइतेलाई थप उपचारका लागि लखनऊ रेफर

बाँके, १७ पुस, २०७९ ।

आफ्ना सदस्यको ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरि घाइते बनाएको घटना प्रति नेपाल तरुण दलले खेद ब्यक्त गरेको छ । यसअघि जस्तै आइतवार दिउँसो एक समुहले नेपाल तरुण दलका नगर सदस्य उज्ज्वल शाह, सुगम शाह र अनुराग शाह माथि खुँडा प्रहार गरि घाइते बनाएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको तरुण दलले जनाएको छ ।
तरुण दल बाँकेका सचिव बिनोद रिजाल, तरुण दल नेपालगन्ज उपमहानगर सभापति सन्दिपजंग शाह र तरुण दल खजुरा गाउँपालिका सभापति कोमलराज सिंह ठकुरीले संयुक्त विज्ञप्ति जारी गरि घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेका छन् । ‘विगतमा पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अपराधिक गिरोहले ज्यान लिने उद्देश्यले गरेको आक्रमणमा संलग्न दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
घाइते भएका तीनै जनालाई थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ । घाइते मध्ये अनुरागको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले खुँडा र खुकुरी प्रहार गरेका थिए । तरुण दलले घाइतेको सीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
नगरमा निर्वाध रुपमा हिड्डुल गर्ने र दैनिक गतिविधी सञ्चालन गर्न सक्ने वातावरण मिलाउन तरुण दलले विज्ञप्ति मार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनामा संलग्न चार जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको बताए । अनुसन्धानको क्रममा रहेकोले उनीहरुको नाम सार्वजनिक गर्न नमिल्ने डिएसपी घर्तीले बताए ।
अज्ञात समुहले ति यूवा माथि आइतवार दिउँसो सवा दुई बजे नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुरस्थित आफन्तको घरमा गएका बेला आक्रमण गरेको थियो ।

Previous articleपिकअपले ठक्कर दिंदा तुलसीपुरमा पैदल यात्रु घाइते
Next articleलुम्बिनी कांग्रेस संसदीय दलको नेतामा चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here