माइती नेपालको प्रतिवेदन : हराएका मध्य ५९३८ जनाको अवस्था अझैँ अज्ञात

बाँके, १६ पुस, २०७९ ।


खोजतलासका लागि निवेदन दिएका मध्य पाँच हजार ९३८ जनाको अवस्था अज्ञात रहेको एक गैरसरकारी संस्थाले जनाएको छ । सन् २००२–२०२२ सम्म खोजतलासका लागि सात हजार ५७२ वटा निवेदन परेकोमा एक हजार ६३८ जनामात्र फेला परेको माइती नेपाल नेपालगन्जले शनिवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
२० वर्षको अवधिमा श्रम र यौन शोषणमा परेका तीन सय ६५ जनाको भारत लगायतका देसबाट उद्धार गरिएको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए । सन् २०२२ मा यौन तथा श्रम शोषणमा परेका ९ जनालाई भारतबाट र एक जनालाई खाडीमुलुकबाट गरि १० जनाको उद्धार गरि घरमा पुनर्मिलन गराइएको उनले बताए ।
माइती नेपाल नेपालगन्जले एक वर्षको अवधिमा असुरक्षित बसाईसराई गरिरहेका पाँच सय २९ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरिएको जनाएको छ । घरेलु हिंसामा परेको भन्दै न्यायका लागि १० जनाले निवेदनकोमा सात वटा विवाद समाधान गरिएको कोइरालाको भनाई छ ।
२० वर्षको अवधिमा चार सय ४६ वटा निवेदन परेकोमा तीन सय ५३ वटा समाधान हुन नसकेको उनले बताए । ‘माइती नेपालले नेपालगन्ज नाकामा काम गर्न लागेदेखि मानव बेचविखनमा परेको भन्दै १८८ वटा उजुरी परेकोमा ९३ जनाको पक्षमा फैसला भएको छ । सन् २०२२ मा मानव वेचविखनका कुनै उजुरी परेन,’ उनले भने ।

Previous articleट्रकको ठक्करबाट दैलेखका दर्लामीको नेपालगन्जमा मृत्यू
Next articleखुँडा प्रहारबाट नेपालगन्जका तीन यूवा घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here