सुधार गृहबाट भागेका चार बालक अझैँ बेपत्ता

बाँके, १५ पुस, २०७९ ।


डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना अभियुक्त अझैँ फेला परेका छैनन् । अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राखिएको छ ।
जबरजस्ती करणीका तीन र कर्तब्य ज्यान मुद्दाका एक गरि चार जना विहीवार बेलुका सुधार गृहबाट भागेको बाँके प्रहरीले जनाएको छ । सुधार गृहबाट जबरजस्ती मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तब्य ज्यान मुद्दाका पुरन चौधरी फरार भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए । ‘खोजी कार्य जारी छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ उनले भने ।
फरार भएका बालकको खोजी जारी रहेको उनले बताए । बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिमा अनुसन्धान विभाग, नेपाल प्रहरी र कारागारका प्रतिनिधी रहेका छन् ।

Previous articleइलाका प्रहरी कार्यालय जमुनाहका असई विक नगदसहित पुरस्कृत
Next articleमानव वेचविखन विरुद्ध संयन्त्र बनाउन दुई देसका अधिकारी प्रतिवद्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here