बर्दियामा ‘खुमलाल दहित शिक्षा अक्षयकोष’ स्थापना

बाँके, १० पुस, २०७९ ।


राजापुर नगरपालिका जोतपुरका स्वर्गिय खुमलाल दहितको नाममा अक्षय कोष स्थापना हुने भएको छ । खुमलालका छोराहरु डा. गोपाल दहित, शेरसिंह दहित र सेनानी गजेन्द्र दहितले एक–एक लाख गरि तीन लाख रुपैँयाको अक्षय कोष स्थापना गरेका हुन् ।
गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने उद्देश्यले स्वर्गीय बुवा खुमलालको पुण्य तिथिमा ‘खुमलाल दहित शिक्षा अक्षयकोष’ स्थापना गरेको डा. गोपाल दहितले बताए ।
शिक्षा विना विकास असम्भव छ भन्ने लागेर गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती दिने निर्णयमा पुगेको उनले बताए । ‘सवै नागरिक शिक्षित भएको देख्ने बुवाको इच्छा थियो । हामीले उहाँको इच्छा पूरा गर्न अक्षय कोष स्थापना निश्कर्षमा पुग्यौँ,’ उनले भने ।

Previous articleमास्क र स्यानिटाइजर अनिवार्य गर्न गृहको आग्रह
Next articleमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here