‘क्रिष्मश डे’ मा बढैयातालका बालबालिकालाई न्यानो कपडा प्रदान

बाँके, १० पुस, २०७९ ।


क्रिष्मश डे को अवसरमा बढैयाताल गाउँपालिका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । बढैयाताल गाउँपालिका ३ का कार्यवहाक वडा अध्यक्ष चन्द्रकला विकले विपन्न परिवारका ६ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरेकी हुन् ।
विपन्न परिवारका बालबालिका चिसोले प्रभावित भएपछि न्यानो कपडा वितरण गरिएको कार्यवहाक वडा अध्यक्ष विकले बताइन् । न्यानो कपडा नहुँदा विपन्न परिवारका बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या भएपछि मानविय धर्म निभाएको उनको भनाई छ ।
उनले यसअघि पनि विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा, झोला, स्टेसनरी सामान, विद्यालयमा धारा जडान, पंखा लगायतका सामग्री वितरण गर्दै आएकी छन् ।
क्रिष्मश डे को अवसरमा सिमरास्थित आशिष चर्चमा आयोजित कार्यक्रममा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले विपन्न परिवारका बालबालिकाको शिक्षामा गाउँपालिकाले सघाउने बताइन् । उनले असहाय, विपन्न र पछाडी परेका समुदायको उत्थान गर्ने दायित्व हामी सवैको भएको बताइन् ।
आशिष चर्चका पास्टर सोनु बराइलीको अगुवाईमा भएको कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका नेता, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Previous articleमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त
Next articleतराईमा शितलहर : बाँकेमा वर्षकै चिसो महशुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here